स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारिता होस् : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले प्रभावकारी रुपमा स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका हुन् ।
उनले परिषद्को कर्मचारी विनियमावली समस्या सम्बोधन गर्न पहल गर्ने सो क्रममा बताए । उनले भने, ‘परिषद्को कर्मचारी प्रशासन सम्बन्धि विनियमावली ४ वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन प्रयत्न गर्छौ ।’ मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आम नागरिकसँग पनि जोडिएको बताए ।
यस्तै, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय