बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शूल्क वृद्धिको विरोधमा चक्रवर्ती कलेज अनिश्चितकालिन बन्द

बुधबार, ११ साउन २०७९, १५ : ४३
बुधबार, ११ साउन २०७९

पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चक्रवर्ती कलेजमा विद्यार्थी संगठनले आन्दोलन गरेपछि अनिश्चितकालिन बन्द भएको छ । पाँच वर्षे एलएलबी र एलएमएमको शूल्क वृद्धि भएको भन्दै काँग्रेस,एमाले माओवादी निकट विद्यार्थी संगठन विरोध गर्दै आन्दोलन गरेका छन् । 

कलेज प्रशासनले शुल्क घटाउनेभन्दा विद्यार्थीहरूमाथि दमन गरेपछि आन्दोलनमा उत्रिनु परेको अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन एमसीले बताए । कलेजले एलएलसीको ७ लाख १६ हजार ४ सयबाट बढाएर १० लाख ७० हजार पु¥याएको छ ।

यस्तै एलएलएमको ३ लाख २३ हजार २ सयबाट ५ लाख ४८ हजार पु¥याएको छ । शूल्क वृद्धिको विषयमा दबाब दिँदा उल्टै धरपकट गर्न थालेपछि आन्दोलन गर्न बाध्य भएको एमसीले बताए । कलेज प्रशासनले शूल्क वृद्धि फिर्ता नलिँदासम्म आन्दोलन नरोकिने विद्यार्थी संगठनले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप