आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

कंगोस्थित नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना

बुधबार, ११ साउन २०७९, १५ : ४१
बुधबार, ११ साउन २०७९

कंगोस्थित शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटनाहरु भइरहेका छन् । मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीयले विभिन्न मागहरु राखेर शान्ति मिसन विरुद्ध प्रदर्शन गर्नुका साथै मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको सेनाको भनाइ छ ।  साथै, उक्त मिसनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरू तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप