शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उद्योगमन्त्री बडूद्वारा जनकपुर चुरोट कारखानाको निरीक्षण

बुधबार, ११ साउन २०७९, १४ : २७
बुधबार, ११ साउन २०७९

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको निरीक्षण गरेको छ । संघ सरकार मातहतमा रहेको सो कारखानालाई मधेस प्रदेश सरकारले सरकारको स्थायी संरचना निर्माणका लागि हस्तान्तरण गर्न माग गरिरहेकै समय मन्त्री बडुले अनुगमन गरेका हुन् ।

बुधवार मधेस प्रदेश सरकारको प्रशासनीक कार्यक्षेत्रमा रहेको कारखानाको तथा अनुगमन गर्दै मन्त्री बडुले यो एक समय निकै प्रख्यात रहेको र नाम कमाएको उद्योग रहेको उल्लेख गरे । कारखानाको अवस्था, सरसम्पति, मेसिनरी लगायतका अवस्था र विषयवस्तु बुझ्नका लागि आफू अनुगमन तथा निरीक्षण गर्न आएको उनको भनाइ थियो । 

सरकारले अहिले राष्ट्रिय उत्पादन बढाउन, कलकारखाना सञ्चालन गर्नका लागि नीतिहरु लिएको उल्लेख गर्दै उनले बन्द रहेको कारखानाहरूलाई सञ्चालन गर्नका लागि बजेटहरु समेत ल्याइएकाले खुलाउन पहल थालिएको बताए । 
 ‘सरकारको अन्तिम निर्णय अहिले भएको छैन ।

उनीहरुले प्रशासनिक उद्देश्यका लागि, निवासका उद्देश्यका लागि माग गरिराख्नु भएको छ’, प्रदेश सरकारले उद्योगको जग्गा माग गरेको विषय उल्लेख गर्दै उनले भने, ‘सञ्चालन गर्ने दायित्वपनि एउटा छ भने यो पनि आखिरमा सरकारकै हिस्सा हो । उहाँहरुलाई पनि कहीँ न कहीँ जग्गा त चाहियो ।  जग्गा दिए यसको सञ्चालनमा कसरी जाने त्यसको उनीहरुसँग पनि सल्लाह गरौँला । उनीहरुको पनि यो जिम्मेवारीको विषय हो ।’

उनले सरकारले लिजमा भएपनि कलकारखाना सञ्चालन गर्ने नीति अनुसार अघि बढ्ने बताए । उनले उद्योगहरु चलाएर निर्यातको अवस्थामा पु¥याउन सके मुलुकको व्यापार घाटा समेत कम गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप