बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै एचआइडीसीएल

बुधबार, ११ साउन २०७९, १३ : ३९
बुधबार, ११ साउन २०७९

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ७८ लाख ९ हजार कित्तामाथि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री गरेर बाँकी रहेको ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः बिक्री गर्न लागेको हो । 

उक्त सेयर यहीँ साउन १५ गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बिक्री, लिलामी खुल्ला गरेको थियो । जसमध्ये ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको थियो । सोही समयमा बिक्री खुल्ला गरिएको कुल सेयरमध्ये बिक्री नभएको सेयर अहिले कम्पनी पुनः बिक्री गर्न लागेको हो ।

कम्पनीको संस्थापक सेयर सर्वसाधारण व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । न्यूनतम एक सय रूपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप