बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

प्रशान्त तामाङलाई पुत्रीलाभ

बुधबार, ११ साउन २०७९, १३ : २६
बुधबार, ११ साउन २०७९

गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती मार्था एलीले छोरी जन्माएकी छिन् । यो खबर प्रशान्तले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

प्रशान्तले बुधबार आफ्नो फेसबुक अकाउन्टमा छोरीको तस्बिरसहित लेखेका छन्, ‘मेरी राजकुमारीलाई यो संसारमा स्वागत छ । तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ।’

उनीहरुले आफ्नी छोरीको नाम आरिया राखेका छन् । प्रशान्त तामाङ इन्डियन आइडल ३ का बिजेता हुन् र उनकी श्रीमती मार्था भने एयर होस्टेस हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप