वीरगञ्जमा सामूहिक बलात्कारपछि ४ वर्षीया बालिकाको हत्या
साउन ५ मा साँझ ७ बजेतिर पर्साको वीरगञ्ज महानगरपालिका–२ छप्कैया घर भएकी ४ वर्षीया बालिका हराइन् । परिवारले दिएको सूचनाको आधारमा प्रहरी र गाउँले बालिकाको खोजीमा जुटे । साउन ७ मा विहान छप्कैयास्थित झाडीमा बालिकाको शव भेटिएको थियो ।
बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बलात्कार र हत्यामा संलग्न ३ नाबालक र १ जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) प्रह्लाद कार्कीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा वीरगञ्ज–२ घर भएका १७ वर्षीय सलमान खान उर्फ जफ्रुदिन, वीरगञ्ज महानगर–१६ घर भएका १९ वर्षीय सलमान खान, १२ वर्षका बालक र १६ वर्षका सैदुल्ला अन्सारी उर्फ करेल्हा छन् ।
साँझ घरबाट निस्केकी बालिकालाई १९ वर्षका सलमानले हात समातेर झाडीमा लान्छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ४ जनाले पालैपालो बलात्कार गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रारम्भिक अनुसन्धानबाट १२ वर्षीय बालक संलग्न रहेको खुलेपछि प्रहरी अरु ३ जनासम्म पुगेको थियो । बलात्कार गरेर हत्यापछि सैदुल्ला अन्सारी भारतको नयाँ दिल्ली भागेका थिए । भारतीय प्रहरीसँगको समन्वयमा उनलाई गाँजियाबादबाट पक्रेर नेपाल ल्याइएको छ ।
बलात्कारपछि इँटा प्रहार
बालिकालाई सामूहिक बलात्कार गरेपछि इँटा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बालिकाको दायाँ तर्फको गाला र टाउकोमा चोट छ । वीरगञ्जको विभिन्न ठाउँबाट पक्राउ गरिएका आरोपीहरुले ‘यौन प्यास मेट्न’ बलात्कार गरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् ।
आरोपीहरुले पालै पालो बलात्कार गरेको स्वीकारेका छन् । मृतकको शव पोष्टमार्टम गरेर दाहसंस्कार गरिएको छ । आरोपीहरुविरुद्ध जबर्जस्ती करणी र ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण