आरजु र चौथाइवालेबीच दिल्लीमा भेटवार्ता
बुधबार, ११ साउन २०७९, १३ : ०५

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाबीच भेटवार्ता भएको छ । उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच आज भेटघाट भएको हो । छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन् ।
चौथाइवालेले भेटघाटको तस्विर आफ्नो ट्वीटरमा राखेका छन् । भजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको बेला आरजु देउवाले चौथाइवालेलाई राखी बाँधेकी थिइन् ।
हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाजपाको निमन्त्रणमा दिल्ली गएको बेला आरजु देउवाले पनि भेटघाट गरेका थिए । प्रचण्ड र देउवाबीच भएको भेटघाटलाई लिएर नेपालमा विभिन्न टिकाटिप्पणी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन