उच्च अदालतमा २७ न्यायाधीश नियुक्त गर्न दरखास्त आह्वान
बुधबार, ११ साउन २०७९, १२ : ४५

न्याय परिषद्ले २७ जना जना न्यायाधीशको लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गरि योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन परिषद्ले आह्वान गरेको हो । संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुकले न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी निर्देशिका २०७९ को अनुसूची १ बमोजिमको ढाँचामा अनुसूची २ बमोजिम स्वघोषणा समेत संलग्न गरी आवेदन दिन परिषद्ले आग्रह गरेको छ ।
कानुन व्यवसायीमध्येबाट आवेदन दिने व्यक्तिले निर्देशिकाको दफा ५ को उपदफा २ (ग) बमोजिमको प्रक्रिया पूरा गरेको हुनुपर्ने न्याय परिषदले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई