बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

बुधबार, ११ साउन २०७९, १२ : ०६
बुधबार, ११ साउन २०७९

मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार सात सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार सात सय १० पुगेको छ भने ३५ हजार नौ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, न्यूजिल्याण्डमा आज आठ हजार सात सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै त्यहाँ  १५ लाख ७७ हजार चार सय १४ जनामा कोभिडबाट प्रभावित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  सन् २०२० मा कोभिड–१९ महामारी शुरु भएयता एक हजार चार सय २७ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप