बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

क्लब अमेरिकासँग रियलको बराबरी

बुधबार, ११ साउन २०७९, ११ : ३७
बुधबार, ११ साउन २०७९

स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २–२ गोलको बराबरी खेलेको हो ।

खेलमा सुरुवाती अग्रता क्लब अमेरिकाले लिएको थियो । खेलको पाँचौं मिनेटमा मार्टिनले गोल गर्दै क्लब अमेरिकालाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा ल्याए ।

५५ औं मिनेटमा इडेन हाजार्डले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा अल्भारो फिडाल्गोले पेनाल्टीमा गोल गर्दै क्लब अमेरिकालाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।
प्रि सिजन टुरमा रियल अहिले अमेरिकामा छ । यसअघि रियल बार्सिलोनासँग पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप