पेन्सन कोषको १ अर्ब २० करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंकहरुमा एक वर्षका लागि कुल १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
उचित ब्याजदर प्रस्ताव गर्ने वित्तीय संस्थाहरुमा तोकिएको रकम २०७९ भदौ २ गतेदेखि २०८० भदौ २ गतेसम्म कुल ३६७ दिनका लागि ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार क वर्गका वाणिज्य बैंकहरुका लागि ९६ करोड रुपैयाँ छुट्याइएको छ भने ख वर्गको विकास बैंकहरुका लागि १८ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थाका लागि ६ करोड रुपैयाँ छुट्याइएको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले साउन १२ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । यस्तो बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको र तोकिएको न्यूनतम पुँजीकोषसहित निष्क्रिय कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा