शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पेन्सन कोषको १ अर्ब २० करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

बुधबार, ११ साउन २०७९, ११ : ३४
बुधबार, ११ साउन २०७९

नेपाल राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंकहरुमा एक वर्षका लागि कुल १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको हो । 
उचित ब्याजदर प्रस्ताव गर्ने वित्तीय संस्थाहरुमा तोकिएको रकम २०७९ भदौ २ गतेदेखि २०८० भदौ २ गतेसम्म कुल ३६७ दिनका लागि ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ । 

बैंकका अनुसार क वर्गका वाणिज्य बैंकहरुका लागि ९६ करोड रुपैयाँ छुट्याइएको छ भने ख वर्गको विकास बैंकहरुका लागि १८ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थाका लागि ६ करोड रुपैयाँ छुट्याइएको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले साउन १२ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । यस्तो बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको र तोकिएको न्यूनतम पुँजीकोषसहित निष्क्रिय कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप