सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आज पनि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बुधबार, ११ साउन २०७९, ११ : ०९
बुधबार, ११ साउन २०७९

सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो । यससँगै लगातार दोस्रो दिन मूल्य घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य २०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो ।

सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबार सुरू भएको जानकारी दिएको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप