क्याम्पसको बेथितिबारे बोल्दा अमृत साइन्स क्याम्पसका सहायक क्याम्पस प्रमुखलाई स्पष्टीकरण
गत ३१ असारमा रातोपाटीमा ‘पहिलो साइन्स क्याम्पसको हरिबिजोग’ शीर्षकमा एउटा समाचार छापियो । उक्त समाचारमा नेपालकै पहिलो विज्ञान क्याम्पस अमृत साइन्स क्याम्पसका सहायक क्याम्पस प्रमुख रविन्द्रसिंह महतको धारणासमेत राखिएको थियो ।
उनले क्याम्सपमा भइरहेको राजनीतिक खिचातानी, कर्मचारीको लापरवाही, कलेज प्रशासनको बेथिति लगायत विषयमा बोलेका थिए । तर, कलेजको बेथितिबारे बोलेको भन्दै क्याम्पस प्रमुख लोकबहादुर बरालले उनलाई तीन दिने स्पष्टीकरण सोधेका छन् ।
केही दिनदेखि क्याम्पसको आन्तरिक मामिलालाई लिएर नेपालका प्रचलित मिडियामा क्याम्पस प्रमुखको कार्यशैली, क्याम्पसका शिक्षक तथा कर्मचारीहरुमाथि बनावटी किसिमले कमी कमजोरी उल्लेख गरी क्याम्पसकै मर्यादामा आँच आउने गरी पदीय हैसियतबाट अन्तरवार्ता दिएकाले स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।
अन्य व्यक्तिसँगको फोन सम्वादमा पनि क्याम्पस प्रमुख लगायत क्याम्पसमा कार्यरत कर्मचारीहरूको समेत नाम किटानगरी गालीगलौज गरेको अडियो रेकर्ड भाइरल भएकाले आफ्नो पदीय मर्यादा विपरीत कार्य गरेको आरोपमा महतसँग स्पष्टीकरण सोधिएको छ ।
उनलाई साउन ११ गते साँझ ५ बजेभित्रमा लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो । निर्धारित समयभित्र स्पष्टीकरण पेस नरेको खण्डमा त्रिविको नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख छ ।
क्याम्पस प्रमुख बरालले हस्ताक्षर गरेको पत्रप्रति क्याम्पसमा भने चर्को विरोध सुरु भएको छ । विद्यार्थीहरुले कर्मचारीलाई पोस्न क्याम्पस प्रमुखले यसरी स्पष्टीकरण सोधेको आरोप लगाएका छन् । कर्मचारी र क्याम्पस प्रशासनकै कारण क्याम्पस लथालिङ्ग अवस्थामा पुगेको आरोप लगाउँदै विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुख महतलाई सोधिएको स्पष्टीकरण फिर्ता लिन माग गरेका छन् । काम नगर्ने कर्मचारीमाथि कारवाही हुनुपर्नेमा क्याम्पस प्रमुखले उल्टै सहायक क्याम्पस प्रमुखलाई स्पष्टीकरण सोधेको उनीहरुको आरोप छ ।
२०१३ सालमा स्थापना भएको नेपालकै पहिलो विज्ञान क्याम्पस यतिबेला बेहाल अवस्थामा छ । भवनमा पानी चुहिने, लाइब्रेरीमा तलाउजस्तै पानी जम्ने अवस्था रहे पनि मर्मतसम्भारमा ध्यान नदिइएको विद्यार्थीहरु बताउँछन् ।
सहायक क्याम्पस प्रमुख महतले क्याम्पसमा लामो समयदेखि भवन निर्माण हुन नसकेको, कर्मचारी आफ्नो ड्युटी टाइममा कलेजमा नआउने, क्याम्पस प्रशासन गतिलो हुन नसकेको जस्ता विषयमा बोलेका थिए । त्यसरी क्याम्पसको मर्यादामा आँच आउने काम गरेको भन्दै क्याम्पस प्रमुखले स्पष्टीकरण सोधेका हुन् ।
अनेरास्वियूको आपत्ति :
यसैबीच सहायक क्याम्पस प्रमुख महतलाई स्पष्टीकरण सोधिएको प्रति अनेरास्वियू क्याम्पस कमिटीले विरोध गरेको छ । क्याम्पस कमिटी अध्यक्ष रुद्रहरी पोखरेलले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख बरालले व्यक्तिगत प्रतिशोध राख्दै स्पष्टीकरण सोधेको भन्दै उक्त कार्य निन्दनीय भएको बताएका छन् ।
क्याम्पसमा निरन्तर खटिने प्राध्यापक, कर्मचारीहरूप्रति उच्च सम्मान व्यक्त गर्दै क्याम्पस प्रमुखले आफ्ना कमीकमजोरीसहित क्षमायाचना, आत्मसमीक्षा नगरे विद्यार्थीले नै क्याम्पस प्रमुखलाई स्पष्टीकरण सोध्ने पनि उनले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित