मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली आज झापा जाँदै, दुई दिन कार्यकर्तासँग भेटघाट गर्ने

बुधबार, ११ साउन २०७९, १० : ०८
बुधबार, ११ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा जाने भएका छन । दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ । 

सो क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

१२ गते दमकमा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरेपछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप