अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने रुसको निर्णय
रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय गरेको छ । मस्कोको अन्तरिक्ष एजेन्सीका नवनियुक्त प्रमुखले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन २०२४ पछि छोड्ने निर्णय गरेको जानकारी दिएका थिए । युक्रेनमा मस्कोको सैन्य हस्तक्षेप र रुसविरुद्ध अभूतपूर्व प्रतिबन्धका कारण क्रेमलिन र पश्चिमाहरूबीच तनाव बढेको बेला मस्कोले यस्तो घोषणा गरेको हो ।
रुस र संयुक्त राज्य अमेरिकाले सन् १९९८ देखि अन्तरिक्षमा रहेको आइएसएसमा सहकार्य गर्दै आएका छन् । ‘निस्सन्देह, हामी हाम्रा साझेदारहरूलाई हाम्रा सबै दायित्वहरु पूरा गर्नेछौं, तर सन् २०२४ पछि यो स्टेसन छोड्ने निर्णय गरिएको छ’, जुलाईको मध्यमा रोसकोसमोस प्रमुख नियुक्त भएका युरी बोरिसोभले पुटिनलाई भने ।
उनले अगाडि थपे, ‘मलाई लाग्छ कि उक्त समयसम्म हामी रूसी स्टेसन सँगै राख्न सुरु गर्नेछौं’, बोरिसोभले थपे, ‘यसलाई अन्तरिक्ष कार्यक्रमको मुख्य प्राथमिकता भनिन्छ ।’ अन्तरिक्ष स्टेसनबाट पछाडि हट्ने निर्णयलाई पुटिनले ‘राम्रो’ भनेका छन् ।
बोरिसोभले अन्तरिक्ष उद्योग ‘कठिन परिस्थिति’मा रहेको बताए । सन् १९६१ मा पहिलो मानिसलाई अन्तरिक्षमा पठाउनु र चार वर्षअघि पहिलो उपग्रह प्रक्षेपण गर्नु सोभियत अन्तरिक्ष कार्यक्रमका प्रमुख उपलब्धिहरू हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी