तामाङ घेदुङ नयाँ शैलीले चल्नुपर्छः तामाङ अगुवा

तामाङ जातिको साझा संस्था नेपाल तामाङ घेदुङले परम्परागत शैली छोडेर नयाँ शैलीमा संस्था चल्नुपर्नेमा अगुवाहरुले जोड दिएका छन् । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा तामाङ अगुवा तथा घेदुङका नेताहरुले यस्तो बताएका हुन् ।
उनीहरुले घेदुङको विधान बमोजिमको संरचना र संगठनलाई चुस्त दुरुस्त राख्दै समय सापेक्ष नीति तथा कार्यक्रम र दीर्घकालीन योजना बनाएर घेदुङ अघि बढ्नु पर्ने बताएका छन् । घेदुङ स्थापनाभएको ६७वर्ष पुग्दासम्म सांस्कृतिक, भाषिक र धार्मिक जस्ता पहिचानका मुद्दा विद्यमान हुँदा शैक्षिक, राजनीतिक र आर्थिक मुद्दा ओझेलमा परेको भन्दै यस्ता मुद्दाहरु क्रमशः अन्त्य गर्ने गरी नीति तथा कार्यक्रम र योजना निर्माण गरी कार्यान्वयनमा प्रभावकारीता ल्याइनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
नेपाल तामाङ घेदुङ सुनसरीका कार्यवाहकअध्यक्ष बुद्धिबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि एवम् नेपाल तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, विशेष अतिथि केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का अध्यक्ष रेखबहादुर घिसिङ, केन्द्रीय सदस्य जानुकला तामाङ, संरक्षक सदस्यद्धय मनु मोक्तान र लक्ष्मण मोक्तान, मोक्तान वंशावली समाजका प्रदेश नंं १ काअध्यक्षहर्क मोक्तान, नेपालतामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान, तामाङ पत्रकार संघका सुनसरी अध्यक्ष वीना मोक्तान, घेदुङका धरान नगर उपाध्यक्ष सपन तामाङलगायतले आफ्नो विचार राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता