आर्थिक अभावका कारण प्रकाशन भएन जुम्ली शब्दकोष
![आर्थिक अभावका कारण प्रकाशन भएन जुम्ली शब्दकोष](https://rpcdn.ratopati.com/media/albums/jumla_sabdakosh_R1PDyc67Iv.jpg)
कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोष १० वर्ष बितिसक्दा पनि प्रकाशन हुन सकेको छैन । पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोष प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो ।
आधुनिक शब्दले खस शब्द लोप हुदै जाँदा खस भाषा नै संकटमा पर्दै गइरहेको भन्दै तत्कालीन जिल्ला विकास समितिले जुम्ली शब्दकोष प्रकाशनका लागि कार्य प्रारम्भ गरेको थियो । जुम्ली शब्दकोष बनाउन चाहिने आवश्यक शब्द संकलनका लागि चन्दननाथ २ का ७६ वर्षीय रमानन्द आचार्यलाई जिम्मेवारी दिइएको थियो ।
अहिले आचार्य दिनरात संकलित खस शब्दको अर्थ लगाउने कार्यमै व्यस्त छन् । उनी एकाबिहानै खसिया आखर नामक पत्रिकाको कार्यालयमा आएर खस शब्दमै व्यस्त देखिन्छन् । खस शब्दमा दक्ष आचार्यले झण्डै ३५ हजार बढी खस शब्द संकलन गरिसकेका छन् । आचार्यले भने, -'खस शब्द संकलन गर्ने देखि अर्थ लगाउने सम्मको काम सकिसकेको छ । कम्प्युटरमा टाइप गरेर प्रकाशनका लागि तयारी अवस्थामा पुगिसकेको छ ।' आर्थिक अभावका कारण प्रकाशनमा ल्याउन नसकिएको उनले बताए ।
२०६५ साल वैशाख ११ गते तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले भाषा, संस्कृति र सभ्यता संरक्षणका लागि जुम्ली शब्दकोष प्रकाशन गर्ने निर्णय गरेका थिए । जसका लागि पहिलो वर्ष दुई लाख रुपैयाँ बिनियोजन भएको थियो । पहिलो वर्ष शब्द संकलन र आवश्यक सामग्री जुटाउनमै ठिकै भएको जनाए ।
आचार्यका अनुसार २०६७ सालमा कृष्णचन्द्र घिमिरे स्थानीय विकास अधिकारी भएर आएपछि जुम्ली शब्दकोष प्रकाशन गर्न चाहिने थप आवश्यक सामग्रीसहित शब्द संकलनको कार्य अघि बढेको हो । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटमा शब्द संकलनका लागि टोली खटिएको हो । जिल्ला समन्वय समिति बने पछि जुम्ली शब्दकोष प्रकाशनको काम ओझेलमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई गाभ्यो, असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
-
कर्णालीमा प्रतिपक्षसँग सरकारले ९ बुँदे सहमति गरेसँगै सदनको अवरोध हट्यो
-
एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन : बालकोट
-
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
-
अभिनेत्री हिना खानलाई ब्रेष्ट क्यान्सर