बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु

बुधबार, ११ साउन २०७९, ०७ : ५५
बुधबार, ११ साउन २०७९

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का  निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।​ बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो । 

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप