मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

बुधबार, ११ साउन २०७९, ०७ : ५२
बुधबार, ११ साउन २०७९

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । 

खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । 

इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ​ निष्कासन गर्न मंसिर २४ गते निवेदन दिएको थियो । बोर्डले  साउन ९ गते अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ,एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप