सडकसँगै गाउँमा पहिरो
सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।
नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मङ्गलबार दिनभर पहिरोलाई हटाउन र थप क्षति हुन नदिन प्रयास गरेर जोखिममा परेका ३९ वटै घर खाली गरिएको थियो। जोखिममा परेका सबै घरपरिवारका पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।
राडिज्युला–दाँजे–खदी–बारिङे सडकखण्डबाट निस्केको माटो र ढुङ्गाका कारण राडिज्युला, गारा, सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमाथिबाट पहिरो झरेको हो। पहिरोका कारण सोही वडामा रहेका चारवटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसलसमेत पुरिएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले सोधे, ‘तपाईंले के गर्नुभएको ?’, ओलीले भने, ‘केही त भएको छैन’
-
प्रचण्डको ब्रिफिङ : मुलुकलाई पश्चगमनमा धकेल्ने डरलाग्दो षड्यन्त्र भयो
-
'प्रचण्डले कांग्रेससँग राष्ट्रिय सहमतिको प्रयास गरेपछि एमालेले रणनीति परिवर्तन गर्यो'
-
मनसुनमा दही खानु राम्रो कि नराम्रो ?
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
-
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा