यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बुधबार, ११ साउन २०७९, ०५ : ५६
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९६ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ २१ पैसा र बिक्री दर १२९ रुपैयाँ ८२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ७६ पैसा र बिक्री दर १५३ रुपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।