आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

मङ्गलबार, १० साउन २०७९, २२ : ४९
मङ्गलबार, १० साउन २०७९

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१७ घर भई हाल काठमाडौंको बाफलमा बस्‍ने ४२ वर्षीया निशा गुरुङ रहेकी छन् ।

सीआईबीको टोलीले गुरुङलाई काठमाडौंको टोखाबाट सोमबार पक्राउ गरेको हो । २०७९ साल वैशाख १३ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप