शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

म्यानमारको सेनाले दियो चार प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड

मङ्गलबार, १० साउन २०७९, २२ : ३३
मङ्गलबार, १० साउन २०७९

 म्यानमारको सेनाले प्रजातन्त्र समर्थक चार कार्यकर्तालाई मृत्युदण्डको सजाय दिएको छ, जुन यो देशमा दशकौंपछि दिइएको यस्तो सजाय हो । ला म्यो आङ, आङ थुरा जान, लेखक तथा राजनीतिक अभियन्ता को जिमी र पूर्व सांसद फ्यो जिया थोमाथि ‘आतकंवादी गतिविधि’मा संलग्न भएको आरोप लगाएको थियो । 
यीनलाई यही वर्षको जुनमा मृत्युदण्डको घोषणा गरेको थियो । त्यसबेला यो निर्णयको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको थियो । यो मृत्युदण्ड सन् २०२१ मा भएको सैनिक विद्रोहका घटनासँग जोडिएर दिइएको हो ।

सेनाले तत्कालिन आङ साङ सुकीको नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । सेनाको कदमविरुद्ध उठेको ठूलो विरोधलाई उसले निमर्मतापूर्वक दबाएको थियो । 
सैन्य सरकारविरुद्ध म्यानमारको प्रतीकात्मक राष्ट्रिय एकता सरकार (एनयूजी)ले शोक र आघात व्यक्त गर्दै यी हत्याको भत्र्सना गरेको छ ।

मृत्युदण्डको सजाय सुनाइएकामा प्रजातन्त्रका समर्थक, सशस्त्र जातीय समूहका प्रतिनिधि र एनएलडीका सदस्यहरू रहेको एनयूजीले जनाएको छ।
एनयुजीले अन्तर्राष्ट्रिय समुदायलाई ‘सत्तामा रहेका हत्यारा सेनालाई उनीहरूको क्रुरता र हत्याको सजाय दिन’ अपील गरेको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले चार राजनीतिक बन्दीको मृत्युदण्डको सजायलाई ‘जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकार’ को घोर उल्लङ्घन भएको बताएका छन् । 
गत वर्ष म्यानमारको सेनाले सत्ता हातमा लिएपछि उसले स्थानीय विद्रोही समूहहरू, विपक्षी कार्यकर्ता र सैन्य कूविरुद्ध आवाज उठाउने जोकोहीमाथि कारबाहीलाई तीव्र पारेको छ । 

सैनिक विद्रोहपछि सुकी घरमै नजरबन्दमा छिन् र उनीविरुद्ध भ्रष्टाचारदेखि देशको गोप्य सूचना चुहाएको र कानूनको उल्लङ्घनसम्मका विभिन्न अभियोगहरु लगाइएको छ । यदि यी आरोपहरू प्रमाणित भएमा उनलाई १५० वर्षको जेल सजाय हुन सक्छ ।

सेनले जेल हालेका वा मारिएका मानिसको तथ्यांक रेकर्ड राख्ने सस्था एसिस्टेन्ट एसोसियशन फर पोलिटिक प्रिजन्स(एएपीपी)का अनुसार सैन्य कूपछि हालसम्म १४, ८४७ मानिस पक्राउ परिसके । 
एक अनुमान अनुसार सेनाले कुपछि २००० भन्दा बढी मानिसहरूलाई सैन्य मारिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप