बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

महँगीविरुद्ध राप्रपाले भोलि देशभर थाल ठटाउने

मङ्गलबार, १० साउन २०७९, १२ : ००
मङ्गलबार, १० साउन २०७९

राप्रपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध बुधबार देशभर ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गर्ने भएको हो ।

पार्टीको आन्दोलन परिचालन समितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिले निर्णय गरेबमोजिम साउन महिनाभरि नै राप्रपाले संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

राप्रपा आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङले महँगीविरुद्धको देशव्यापी थाल ठटाउने कार्यक्रममा सहभागी भइदिन सवैलाई अपिल गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप