भुवनले भने, ‘फिल्मकर्मीलाई महसुस हुने गरी काम गर्छु’
अभिनेता भुवन केसीले फिल्मकर्मीलाई महसुस हुने गरेर आफूले काम गर्ने बताएका छन् । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि छोटो प्रतिक्रिया दिँदै केसीले आफ्नो कार्यकालमा फिल्मकर्मीले राम्रो महसुस गर्न सक्ने बताए ।
‘मेरो फिल्म कर्मको योगदान र लगनशीलतालाई नेपाल सरकारले मूल्याङ्कन गर्नु भएको छ’ केसीले भने ‘फिल्म अभिनय, निर्माण तथा निर्देशन तीनै विधामा म सक्रिय भएकाले फिल्मक्षेत्रको विषयको धेरै ज्ञान छ । त्यो अनुभव अव यो क्षेत्रमा काम लाग्छ ।’ केसीले फिल्मकर्मीलाई खट्केको विषयमा आफूले काम गरेर देखाउने बताए ।
केसीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । एमाले छोडेर केही अगाडि मात्र काँग्रेस प्रवेश गरेका केसीले सुरुमै महत्वपुर्ण जिम्मेवारी हासिल गरेका छन् । केसी बोर्डको अध्यक्षमा नियुक्त भएको समाचार बाहिर आएपछि सामाजिक संजालमा उनको चर्काे आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : मन्त्री पौडेल
-
मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध
-
सिन्धुलीको बुद्धचित्त माला विवादमा थप एक जना पक्राउ
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय एकता महाधिवेशनको र्याली (तस्बिरहरु)