नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालको विद्यार्थी संगठनद्वारा राँके जुलुस
मङ्गलबार, १० साउन २०७९, २० : ४९

संसदबाट पास गरिएको नागरिकता विधेयकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंको कीर्तिपुर क्षेत्रमा राँके जुलुस प्रदर्शन गरेको छ । मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।
नागरिकता विधेयकको बुँदाहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित विपरित भएको उनीहरुको भनाइ छ। नागरिकता संवेदनशील विषय भएको मुलुकको स्वाभिमान , स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै विद्यार्थी संगठनले संसदबाट पास गरिएको नागरिकता विधेयकको विरोध गरेको संगठनका अध्यक्ष चेतराज सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु