शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ’

मङ्गलबार, १० साउन २०७९, २० : २२
मङ्गलबार, १० साउन २०७९

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् । 

एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी संघ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गरे । उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गरे । 

पार्टीले देशव्यापीरुपमा संघ र प्रदेशको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै गाँउगाँउमा अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप