नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा : पहिलो पटक कम्पनीलाई डिजी प्रमाणपत्र
![नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा : पहिलो पटक कम्पनीलाई डिजी प्रमाणपत्र](https://rpcdn.ratopati.com/media/albums/nac-nepal-airlines_tvI55wszbf.jpg)
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा देखिएको छ । कम्पनीले आफ्नो ६३ औँ वर्षीय व्यावसायिक यात्रामा केही सुधारात्मक सङ्केतहरू देखाएको हो ।
आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कम्पनीले आफ्नो व्यावसायिक तथा आय स्रोतहरूका क्षेत्रहरू बढाउँदै पौने २ अर्ब (१ अर्ब ७५ करोड रुपैयाँ) खातामा मौज्दात राख्न सफल भएको छ ।
आर्थिक वर्षको कार्त्तिक मसान्तसम्ममा निगमले विभिन्न खर्चबापत ओभर ड्राफ्टबाट भुक्तानी गरी कुल ५८ करोड ५ लाख ६५ हजार नगद मौज्दात रहेकोमा असार मसान्तसम्ममा सो मौज्दात बढेर १ अर्ब ७५ करोड रुपैयाँ रहेको निगमले जनाएको छ । सोही अवधिमा निगमले ओभर ड्राफ्टमार्फत १ अर्ब ८८ करोड ५८ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरिएको समेत जनाएको छ ।
यसै अवधिमा निगमले विभिन्न नयाँ गन्तव्यहरूमा व्यावसायिक क्षेत्र विस्तार तथा सम्झौता गरेको तथा कोभिड–१९ का कारण उडान रोकिएका गन्तव्यहरूमा समेत पुनः उडान सुरु गरेको जनाएको छ ।
यस्तै, सोही अवधिमा निगमले आफ्नो सिधा उडान नभएका गन्तव्यहरूमा अन्य हवाई कम्पनीहरूसँग स्पेसल पर्पोरेट एग्रिमेन्ट (एसपीए) सँगै एसपीए कार्गो सम्झौता भएको, यात्रु सेवा पद्धति (पीएसएस) सम्झौता गरिएको जनाएको छ ।
यसै वर्ष निगमले लामो समयदेखि रोकिएर रहेको बोइङ ९एन–एसीबी जहाज, इन्जिन, रोटेबल कम्पोनेन्ट र टुल्सहरुको लिलाम बिक्रीको लागि एमएस सीडीएस एयरक्राफ्टस् सेल्स एण्ड लिजिङ्ग इन कम्पनीसँग ५.७१ मिलियन अमेरिकी डलरमा बिक्री गर्न व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको समेत जनाएको छ । सम्झौता बमोजिम कम्पनीले अन्तिम मूल्यको ५ प्रतिशत रकम एडभान्स डिपोजिटसहित कम्पनीबाट भ्याटसहित १ लाख १३ हजार अमेरिकी डलर समेत प्राप्त भइसहेको जनाएको छ ।
उसो त सोही वर्ष निगमको आफ्नो ६३ वर्षे व्यावसायिक दौरानमा पहिलो पटक डीजी सर्टिफिकेसन प्रमाणपत्र समेत प्राप्त गरेको जनाएको छ । यस प्रमाणपत्र प्राप्त गरेसँगै निगमले दुबई, हङकङ, दिल्ली र नारिता जस्ता सेक्टरबाट उडान सुरक्षालाई असर नपार्ने खतराजन्य पदार्थहरू खतरापूर्ण वस्तुहरूको ओसार–प्रसार गरी थप आय आर्जन गर्न पाउने भएको छ । यसले थप निगमको आय आर्जनको स्रोत बढेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो