कर्णालीमा गठबन्धनको पहिलो संयुक्त बैठक : छलफल र बहस नहुँदा आशङ्का उब्जिएको निष्कर्ष
सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ गठबन्धन दलको संयुक्त बैठक बसेको छ । यसअघि दलका नेताहरूको उपस्थितिमा बैठक बस्दै आए पनि सांसदहरूको सहभागिता बैठक बस्न सकिरहेको थिएन । मंगलबार नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाली काँग्रेसका शीर्षस्थ नेतासहित सांसदहरूको उपस्थितिमा पहिलो पटक संयुक्त बैठक बसेको हो ।
मंगलबारको बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीको नौ महिने कार्यकालको बारेमा गठबन्धनभित्रको समीक्षा भएको थियो । जसमा गठबन्धनभित्र एक आपसमा छलफल र बहसको सौहार्दपूर्ण वातावरण नबन्दा अविश्वास र आशङ्का उब्जिने गरेको निष्कर्ष निकालिएको नेताहरूको भनाई छ । आजको बैठकबाट आगामी दिनमा सरकार, संसदीय, समिति र सदनका विषयमा कुनै पनि कार्य गर्दा पहिला गठबन्धनभित्र छलफल गरेर मात्रै अघि बढ्नुपर्ने निर्णय भएको छ ।
गठबन्धनभित्रका दलहरूको सहमति गरेर विश्वासको आधारमा रहेर काम गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार यसअघि छलफल र सहमति बेगर निर्णय र गतिविधि भएकाले गठबन्धनभित्र अविश्वासको वातावरण सिर्जना भएको भयो,’उनले भनिन,‘ जसले गर्दा केही कमजोरी समेत रहेको बैठकमा निष्कर्ष निकालिएको थियो । आगामी दिनमा गठबन्धनभित्र आशङ्का जन्माउने खालको वातावरण सिर्जना नगर्नका लागि नियमित गठबन्धनको बैठक बस्ने र छलफल गरिने छ।’
गत मंगलबार नेकपा माओवादीले विभिन्न माग राख्दै संसद् बहिस्कार गरेको विषयमा पनि आजको बैठकमा छलफल भएको थियो । माओवादीले संसद् अवरुद्ध गर्नुपर्ने वातावरण पनि गठबन्धनभित्रको अविश्वासकै जड रहेको दलका नेताहरूको बुझाई थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले संसद् बहिष्कारको विषयमा छलफल गरेर जाने सहमति भइसकेकाले स्वाभाविक रूपमा लिइएको बताएका थिए ।
मुख्यमन्त्री शाहीको भनाइलाई उद्धृत गर्दै काँग्रेस संसदीय दलका सचेतक अमृता शाहीले भनिन्,‘ यसअघि संवाद, छलफल नहुँदा गठबन्धनभित्र दुरी बढ्यो । जसका कारण संसद् बहिस्कार गर्नुपर्ने परिस्थिति आयो। दुरी बढेकाले गठबन्धनभित्र आशङ्काको वातावरण बन्यो । अब त्यस्तो हुन नदिने गरी एकताबद्ध रूपमा अघि बढ्नुपर्छ ।’
शाहीले मंगलबारको जस्तै बैठक बस्दै गएको खण्डमा बाहिर पनि सकारात्मक सन्देश जाने अपेक्षा गरिएको बताइन् । साथै मुख्यमन्त्री शाहीले माओवादीले उठाएको विषयहरू आफू सकारात्मक रहेको बताएका थिए । यदि छलफल र बहसको माध्यमबाट अघि बढेको भए यस्ता खालका कुराहरू संसद्सम्म नपुग्ने उनको भनाई थियो ।
एकीकृत समाजवादी संसदीय दलका नेता एवं भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आगामी दिनमा गठबन्धनको बैठकलाई नियमित सञ्चालन गर्नुपर्ने कुरामा सहमति भएको बताए ।
उनले भने,‘ माओवादीले उठाएका विधेयकहरूमा केही कमजोरी भएको खण्डमा सच्याएर अघि बढ्ने र जनताको सवालसँग जोडिएका विषयहरू समिति र सदनबाट पारित गर्ने निर्णय भएको उनले बताए । यदि गठबन्धनभित्रका नेताहरूमा केही कुरामा असन्तुष्टि पैदा भएको खण्डमा गठबन्धनभित्रै बसेर छलफल गरेर मात्रै अघि बढ्ने निर्णय भएको छ,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’