शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीसीटिभी फूटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको सर्कुलर

मङ्गलबार, १० साउन २०७९, २३ : २०
मङ्गलबार, १० साउन २०७९

गृह मन्त्रालयले सवै सरकारी निकायलाई कार्यालयको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई सो निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहसचिव टेक नारायण पाण्डेले मंगलबार सो सर्कुलर गरेका हुन् । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सुरक्षित रहने जानकारी दिएको छ । सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्दै आएको छ ।

सिंहदरबार भित्रको सीसीटिभीको अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप