बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

माओवादी छानबिन समितिको निष्कर्ष :  अन्तर्घात हुँदा २० देखि २५ सीट गुम्यो

मङ्गलबार, १० साउन २०७९, १७ : ३६
मङ्गलबार, १० साउन २०७९

 नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा अन्तरर्घात हुँदा २० देखि २५ सीट गुमाउनु परेको निष्कर्ष निकालेको छ । पार्टी स्थायी समितिले टंक राईको नेतृत्वमा बनाएको अन्तर्घात छानबिन समितिले उजुरी र स्थलगत अनुगमन गर्नेक्रममा यस्तो निष्कर्ष निकालेको हो । पार्टी एक ढिक्का भएको भए माओवादीले थप २० देखि २५ सीटमा जित्न सक्थ्यो भन्ने छानबिन समितिको निष्कर्ष छ ।

पार्टी स्थायी समिति बैठकले गत असार २६ गते राईको नेतृत्वमा गठित समितिमा खिमलाल देवकोटा र मुक्तिनारायण प्रधानलाई सदस्य बनाएको थियो । छानबिन समितिले तीन हप्तादेखि अन्तरघातका विषयमा छानबिन गरिरहेको छ ।

‘हामीलाई अन्तरघात छानबिन गर्न दुई हप्ताको समय दिइएको थियो । समय अपुग हुने भएपछि थप एक हप्ताको समय मागेका थियौँ,’ रातोपाटीसँग राईले भने, ‘हामीले असार ३० गतेसम्म उजुरी र सूचना संकलन गर्ने कार्य ग¥यौँ । अब बर्दिया र महोत्तरी जिल्लाका स्थानीय तहमा स्थलगत अवलोकन गरेपछि यो हप्ताभित्रै प्रतिवेदन बुझाउँछौँ ।’

छनबिन समितिले मोरङ, ताप्लेजुङ, उदयपुर र सुनसरीमा स्थलगत भ्रमण गरी छानबिन गरिसकेको छ । अब बर्दिया, दाङ र महोत्तरी जिल्लाका स्थानीय तहमा पुगेर वस्तुस्थिति बुझेपछि मात्रै प्रतिवेदन तयार गर्ने समितिको तयारी छ ।

‘हामीले दोषी औँल्याउँछौँ । व्यक्ति र घटनाको चित्रण गर्छौँ,’ राईले भने, ‘खास गरेर प्रवृत्तिलाई फोकस गर्छौँ । कुन प्रवृत्तिले गर्दा अन्तर्घात भयो भन्ने विषयमा केलाउँछौँ ।’

अन्तरघात हुनुको कारणलाई खोतल्ने समितिको भनाइ छ । ‘हामी किन अन्तर्घात भयो भन्ने विषयमा कारण खोज्दैछौँ । कुन कारणले घटना भयो ? किन यति धेरै गुनासा आइरहेका छन् ? अब कुन विधि पद्धति अपनाइयो भने गुनासो रोकिन्छ भन्ने विषयलाई विशेष ख्याल गर्छौँ,’ राईले भने, ‘अन्तर्घातमा को दोषी हो भनेर सिफारिस गर्न समय लाग्ने थिएन । हामीले त्यसको कारण समेत पत्ता लगाएर  निराकरणको उपाय सुझाउने भएकाले समय लाग्यो ।’

माओवादीले १२१ स्थानीय तह जितेको थियो । त्यसमा एक स्वतन्त्र समेत माओवादीमै मिसिएकाले कुल १२२ स्थानीय तहमा माओवादीको नेतृत्व छ । माओवादीमा अन्तरघात नभएको भए १५० सीट कट्ने छानबिन समितिको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप