शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

जन्मकैद ठहर भएकी फरार प्रतिवादी पक्राउ

मङ्गलबार, १० साउन २०७९, १७ : ३९
मङ्गलबार, १० साउन २०७९

ज्यान सम्बन्धी कसुरमा जन्मकैदको सजाय ठहर भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको खार्ताम्छा–१ घर भएकी ४३ वर्षीय गीता गुरुङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

२०७७ माघ १२ मा चितवन जिल्ला अदाललते गुरुङलाई जन्मकैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिइन् । सोमबार महाराजगञ्जबाट पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको एसपी कोइरालाले जानकारी दिए । चितवनकी मानकुमारी थापाको पतिलाई जग्गा सम्बन्धी विवादमा गुरुङले हत्या गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप