बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित

मङ्गलबार, १० साउन २०७९, १६ : ३२
मङ्गलबार, १० साउन २०७९

राष्ट्रियसभामा उत्पत्तिको भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकले सर्वसम्मतिले यो विधेयक पारित गरेको हो । २०७६ माघ ६ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक २०७८ साउन २० गते राष्ट्रिय सभाले पारित गरेको थियो ।

राष्ट्रियसभाले पारित गरेको १ वर्षपछि प्रतिनिधि सभाले यो विधेयक पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐनको रुपमा कार्यान्वयनमा आउनेछ । विधेयक प्रमाणीकरण भएको ३१ औं दिनदेखि प्रारम्भ हुनेछ । 

प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धि अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यवहारिक तथा व्यवसायिक बनाउने उद्देश्यका साथ सरकारले ल्याएको आर्थिक वर्ष २०७३–७४ को बजेट कार्यक्रममा समावेश भएको विषयलाई विधेयकको रुपमा अघि बढाइएको थियो । 

यो विधेयक ऐनको रुपमा कार्यान्वयनमा आएपछि आयुर्वेद चिकित्साको क्षेत्रमा अध्ययन अनुसन्धान अघि बढ्नुका साथै आयुर्वेद चिकित्साको क्षेत्रमा दक्ष जनशक्ति तयार हुने अपेक्षा लिइएको छ । प्रतिनिधिसभाको अर्को बैठक साउन ११ गते शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप