शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पठाओकवच’ अभियानशुरु, एपभित्रै आपतकालिन फोन डायल सुविधा

मङ्गलबार, १० साउन २०७९, १६ : २७
मङ्गलबार, १० साउन २०७९

राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एपमार्फत गरिने सेवामा विभिन्न ५ वटा सुविधाहरु सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाले जानकारी दिइन् । 

‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा वीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । 

उक्त अभियान अनुसार हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा समेत उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बिमा रहेको कम्पनीको दाबी छ । पठाओमा कागजात प्रमाणीकरण र तालीम पश्चात् मात्रै राइडहरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो  रहेको बताइएको छ ।

पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ र २४ सै घण्टा कल सेन्टरबाट पठाओको  सेवाका बारेमा  आवस्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन् । यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि उपलब्ध गराइएको हमालले जानकारी दिइन् । 

‘पठाओको हरेक राइड सिस्टममा  ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पुर्ण विवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गरेर आफू पुगिरहेको गन्तव्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी समेत गराउन सकिन्छ’ हमाल भन्छिन्, ‘सुरक्षित यात्राको भरपर्दो सहयात्री’ नारासहित ल्याइएको उक्त अभियान पठाओका अग्रभागमा रहेर  सेवा प्रदान गर्ने राइडर, फुडम्यान, क्याप्टेन र सम्पुर्ण सेवाग्राहीको हितका लागि पठाओ कवच अभियान सुरु गरिएको हो ।’

अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुविधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित समेत नहुने हुँदा यस्तो यात्रा नगर्न राइडर र प्रयोगकर्ताहरूलाई  कम्पनीले अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप