बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेपालबाट ३ अर्ब ४३ करोडको चिया निर्यात

मङ्गलबार, १० साउन २०७९, १६ : ०६
मङ्गलबार, १० साउन २०७९

चालू आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट १ करोड २३ लाख किलोग्राम कालो चिया निर्यात भएको छ । यस्तै, सोही अवधिमा १ लाख ४८ हजार किलोग्राम चिया निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । नेपालबाट निर्यात भएकोमध्ये ३ अर्ब १५ करोड रुपैयाँको कालो चिया निर्यात भएको छ । यस्तै, २७ करोड ६० लाख रुपैयाँ बराबरको ‘ग्रिन टि’ निर्यात भएको छ । नेपालबाट कालो चियाको निर्यात धेरै भएको देखिन्छ ।

नेपालबाट विश्वका २० वटा देशमा कालो चियाको निर्यात हुने गरेको छ । क्यानडा, फ्रान्स, जापान, स्वीजरल्याण्ड, अष्ट्रेलिया, बेल्जियम, चीन, डेनमार्क, जर्मनी, हङकङ, भारत, रसिया, संयुक्त अरब इमिरेट्स, अमेरिका र नामिबियामा कालो चिया निर्यात भएको छ । यसैगरी, दुई दर्जन हाराहारी मुलुकमा नेपालको ‘ग्रिन टी’ निर्यात भएको छ । नेपालबाट चीन, क्यानडा, भारत, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड, न्यूजल्याण्ड, पोल्याण्ड, पोर्चुगल, कतार, सिंगापुर अमेरिका, बेलायतलगायतका मुलुकमा ‘ग्रिन टी’ निर्यात हुने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप