शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कलाकारलाई राज्य र राज्यलाई कलाकारको दाइत्व बुझाउन चित्र तथा मुर्ति प्रदर्शन (तस्बिरहरु)

मङ्गलबार, १० साउन २०७९, १५ : ३८
मङ्गलबार, १० साउन २०७९

कलाकारले खाली राज्यलाई गाली गरेर हुँदैन । राज्यप्रतिको दाइत्व कलाकारले पनि बोध गर्नुपर्छ र राज्यले पनि कलाकार प्रतिको दाइत्व बोध गर्नुपर्छ भन्ने उद्देश्यका साथ सोमबारबाट नेपाल ललितकला संघले ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘कला प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रम’ शीर्षकको चित्रकला प्रदर्शनी सुरु गरेको छ ।

विभिन्न थिम र प्रसंग जोडिएका ८० चित्र तथा मुर्ति राखिएको प्रदर्शनी साउन १३ गतेसम्म चल्नेछ । प्रदर्शनीमा राखिएका चित्र तथा मुर्ति देशका नाम चलेका कलाकार किरण मानन्धर, रागिनी उपाध्याय, कृष्ण मानन्धर, मुकेश मल्ल, निमा लामा, रामपुजन ठाकुर लगायत ५६ कलाकारले तयार पारेका छन् । सोमबार  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरेको कार्यक्रममा चित्र तथा मुर्ति कलाको विषयमा अन्तक्रिया समेत आयोजना भएको थियो । जसमा महामन्त्री शर्माले कलाकारलाई राष्ट्रिय गहनाको रुपमा नहेर गौरवको रुपमा लिनुपर्ने बताएका थिए । गहनता त लगायो भने सुहाउँछ । ठिक ठाउँमा लगाउन जानेन भने बिझाउँछ । गहना फुकालेर राख्न सकिन्छ, रंग र मुल्य हुने बताएका शर्माले गौरव बहुरंग हुने, त्यो फुकालेर राख्न नसकिने र मुल्य पनि नहुने बताएका थिए ।

नेता रामहरि खतिवडा, गोविन्द पोखरेल, नैनसिंह महत, सरिता प्रसाई, नेपाल सांस्कृतिक संघका सभापति तिर्थ थापालगायतले कला र कलाकारले देश अन्तराष्ट्रिय क्षेमा चिनाउने धारण राखेका थिए । कलाकारले आफ्नो कलाको विषयमा राज्यलाई विभिन्न कार्यक्रम गरेर जानकारी दिनुपर्छ । कलाकारको समस्या राज्यको तहसम्म पुग्छ भन्ने उदेश्यले ‘कला प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रम’ गरिएको ललितकला संघ नेपालका सभापति धनु याखाले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप