सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

तथ्यांक मिथ्यांक नहोस् : सांसद विशंखे

मङ्गलबार, १० साउन २०७९, १४ : ५०
मङ्गलबार, १० साउन २०७९

नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले संसदमा पस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा उनको भनाइ छ । नेपालको तथ्यांक मिथ्यांक भइरहेको भन्दै उनले यो विधेयकले मिथ्या तथ्यांकलाई व्यवस्थित गर्न सक्नुपर्ने पनि बताइन् ।

‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसावले लिने गरिन्छ । त्यसलाई व्यवस्थित ढंगले तीन तहको सरकारमा तलैसम्म तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तीन तहको संरचनामा कसरी काम गराउन सकिन्छ भन्ने बारेमा पनि तथ्यांकको विषय आउन जरुरी छ’, सांसद विशंखेको भनाइ छ ।

उनले नेपालको तथ्यांक मिथ्यांक पनि भइरहेको भन्दै  विधेयकले व्यवस्थित गराउनुपर्ने धारणा राखिन् । ‘नेपालमा दलित समुदाय २० प्रतिशत छन् भनेर गैरसरकारी संस्थाले जहिल्यै भनिरहेको छ । तर हाम्रो सरकारको आँकडामा १३ प्रतिशत भन्नेछ । तथ्यांक विधेयकले संरचनागत ढंगले कसरी हल गर्ने ? र सत्यतथ्य कसरी ल्याउने ? यसमा सोच्नुपर्छ’, विशंखेको भनाइ छ ।

‘नेपाल हिन्दुराष्ट्र हो र ८०÷९० प्रतिशत हिन्दुहरु छन् भन्ने गरिन्छ । तर डेटा अर्कोतिर अरु अरु धर्मावलम्वी र अरुको डेटा लिने हो भने ८० प्रतिशत पुग्दैन । तथ्यांक विभागले फर्महरु बनाउँदै वास्तविक तथ्यांक कसरी ल्याउने भन्ने बारेमा सोच्नुपर्छ । तथ्यांक विधेयक सबै जातजाति, समुदायलाई हुने गरेर ल्याउनुपर्छ’ सांसद विशंखेले नेपालमा वास्तविक तथ्यांक नहुँदा कठिनाइ आइरहेकोतर्फ सचेत गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप