शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

गलत तथ्यांकले देश अधोगतितर्फ जाँदैछ : सांसद विश्वकर्मा

मङ्गलबार, १० साउन २०७९, १४ : ४१
मङ्गलबार, १० साउन २०७९

नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा पस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन् । 

उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए । सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताए । उनले सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जातीहरु वा थरहरुमा आफ्नो विमति रहेको बताए ।  सांसद विश्वकर्माले अहिलेको तथ्यांक विधेयकले देशको तथ्यांकका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप