शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘तितो सत्य’ का राज ‘छक्का पञ्जा ४’ मा हिरो

मङ्गलबार, १० साउन २०७९, १४ : १९
मङ्गलबार, १० साउन २०७९

चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भूमिकाबाट चिनिएका कलाकार राज आचार्य हिरोको रुपमा पनि देखिने भएका छन् । उनी दीपक र दीपाकै फिल्म ‘छक्का पञ्जा ४’ मा हिरोको रुपमा देखिन लागेका हुन् ।

हिरोको रुपमा राजको यो डेब्यु फिल्म हो । फिल्ममा उनको जोडी परिक्षा लिम्बु बन्नेछिन् । सिरियलपछि फिल्ममा पनि दीपक दीपासँग काम गर्ने अवसर जुरेकोमा राजले खुसी व्यक्त गरे । ‘केही अगाडि एकसाथ काम गर्ने कुरो भएको थियो’ राजले भने ‘‘छक्का पञ्जा ४’ बाट सो अवसर जुर्यो । साह्रै खुशी छु ।’

‘तितो सत्य’पछि केही म्युजिक भिडियो अभिनय गरेका राजले    गत असारमा अभिनेत्री सुनिशा बजगाईंसँग लगनगाँठो कसेका थिए । विवाह गरेलगत्तै उनले फिल्मको हिरो हुने अवसर पाएका छन् । सोमबार सूर्यविनायक मन्दिर भक्तपुरमा पूजा गर्दै छायाँकन सुरु गरेको फिल्ममा राजको अलवा दीपकराज गिरी, बेनिशा हमाल , मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहने छ । कात्तिक दोस्रो साता प्रदर्शन योजना रहेको फिल्ममा बेनिशा र मलिना दीपकको जोडीको रुपमा रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप