प्रदेश १ मन्त्रिपरिषद् बैठक : राजस्वको दायरा बढाउन कार्यदल गठन गर्ने निर्णय
प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले राजस्वको दायरा बढाउनु पर्ने भएको कारण देखाउँदै विभिन्न मन्त्रालयका विभागहरूलाई समेटेर राजस्व अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सांसद तथा विभिन्न विज्ञहरूले पनि यसअघि करको दायरा बढाउनुपर्ने माग गर्दै आएका थिए । मन्त्रिपरिषद्को बैठकले बाहिरबाट विज्ञ राखेर भन्दा सरकारी संयन्त्रबाटै त्यस्तो कार्यदल गठन गर्ने भएको सरकारका आन्तरिक मामिला तथा कान'नमन्त्री केदार कार्कीले बताए ।
मन्त्रीपरिषद्को बैठकले विभिन्न अस्पतालको नामबाट अञ्चल हटाउने निर्णय पनि गरेको छ । प्रदेश १ मा कोशी अस्पताल र मेची अस्पतालको बीचमा ‘अञ्चल’ रहेको थियो । यस्तै हामी स्वयंसेवी अभियानको कार्यविधि पास पनि गरेको छ ।
यस्तै बैठकले महालेखा परीक्षकको चौथो प्रतिवेदन प्रदेशसभामा पेश गर्ने, जनतासँग मुख्यमन्त्री कार्यक्रम सम्बन्धी कार्यविधि पास, सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७९ को मस्यौदा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । उक्त निर्देशिकाले सरकार मितव्ययी ढङ्गले सञ्चालन हुन, विभिन्न कार्यक्रममा हुने खर्च कटौती कसरी गर्ने र सेवा प्रवाह कसरी राम्रो बनाउने भन्ने विषय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै