मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सांसदहरूलाई मास्क लगाउन सभामुखको आग्रह

मङ्गलबार, १० साउन २०७९, १३ : ५६
मङ्गलबार, १० साउन २०७९

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोभिड सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् । 

उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’ मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप