बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

वनमन्त्री यादवले भने, ‘देशको थप जिम्मेवारीका कारण ‘मुस्कान’ खेल्दिन’

मङ्गलबार, १० साउन २०७९, १३ : ४८
मङ्गलबार, १० साउन २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफूले फिल्म अभिनय नगर्ने बताएका छन् । सोमबार ‘मुस्कान’ फिल्म अभिनय गर्न लागेको समाचार बाहिर आएपछि मन्त्री यादवले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म अभिनय नगर्ने बताएका हुन् ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन रहने फिल्म ‘मुस्कान’ मा काम गर्न प्रस्ताव गरे पनि मन्त्रालय र देशको थप जिम्मेवारीका कारण फिल्ममा अभिनय नगर्ने उनले बताएका छन् । उनले लेखेका छन्, ‘‘मुस्कान’ फिल्मको विषयलाई लिएर अहिले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्म बनाउन ,अभिनय गर्न विषयमा केही समय अगाडि कलाकार श्री रमित ढुङ्गानाज्यूको प्रस्ताव आएको थियो । 

विभिन्न चरणमा छलफल पनि भयो । तर अहिले थपिएको जिम्मेवारका कारण मन्त्रालयको कामले नै समय अभाव भएको यहाँहरूलाई सर्वविदितै छ । देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवम् संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यस्तताका कारण फिल्मको छायाङ्कनका लागि समय नमिल्ने  स्पष्ट पार्न चाहन्छु । 

यद्यपि, एसिड पीडित मुस्कान खातुन बहिनीको जीवन कथामा आधारित फिल्मसँगै उनको उज्ज्वल भविष्यसँग जोडिएका अन्य हरेक सामाजिक कार्यप्रति मेरो समर्थन भने रहनेछ । साथै, मसँग जोडिएको विषयमा मलाई  नसोधेर लेखिएको समाचार प्रति भने मेरो आपत्ति छ । 

तसर्थ आगामी दिनमा मसँग जोडिएका कुनै पनि विषयमा लेख्दा सोधेर बुझेर लेख्न पनि आग्रह गर्दछु । धन्यवाद । विभिन्न चरणमा रमितजीसँग छलफल पनि भयो । तर, अहिले थपिएको जिम्मेवारीका कारण मन्त्रालयको कामले नै समय अभाव भएको यहाँहरूलाई सर्वविदितै छ ।

देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवं संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यस्तताको कारण फिल्मको छायाङ्कनका लागि समन नमिल्ने स्पष्ट पार्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप