शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दिने भ्रमणमा प्रचण्ड जापान जाँदै

मङ्गलबार, १० साउन २०७९, २३ : २५
मङ्गलबार, १० साउन २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानको पाँच दिने भ्रमणमा निस्कने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् । 

अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा निमन्त्रणा आएको छ । त्यहाँ तय भएको कार्यक्रममा सहभागी हुन अध्यक्ष त्यसतर्फ जान लाग्नुभएको हो’,  मल्लको भनाइ छ । 

मल्लका अनुसार अध्यक्षको टोलीमा कोको सहभागी हुने भन्ने निश्चित भएको छैन । अध्यक्ष प्रचण्डले यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप