बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा १२ र १५ वर्षीया बालिका बलात्कृत

मङ्गलबार, १० साउन २०७९, १३ : ००
मङ्गलबार, १० साउन २०७९

झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजीत मण्डललाई सोमबार राति पक्राउ गरेको छ ।

मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरीले जनाएको छ । उक्त जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी झापामा नै एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार पक्राउ गरेको छ । 

राजवंशीले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप