शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

म्यानमारमा लोकतान्त्रिक अभियन्तालाई मृत्युदण्ड दिइएको विरोधमा नेपालमा धर्ना

मङ्गलबार, १० साउन २०७९, १२ : ५३
मङ्गलबार, १० साउन २०७९

म्यानमारका लोकतान्त्रिक अभियन्ताहरुलाई सैनिक सरकारले मृत्युदण्ड दिएको विरोधमा नेपालमा धर्नासहित विरोध गरिएको छ । नेपाल मानव अधिकार संगठनले यू एन हाउस अगाडि आज धर्ना दिएको हो । 

म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको थियो । १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन । 

मृत्युदण्ड दिएकोमा पूर्व सांसद फो जिया था, लेखक तथा कार्यकर्ता को जिमी, ला म्यो आङ्ग र आङ्ग थुरा जा रहेका छन् । उनीमाथि 'आतंकवादी गतिविधि'लाई संलग्न भएको आरोप थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप