शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको एकान्तकुना र नख्खु चोक चौबाटो आजदेखि एकतर्फी

मङ्गलबार, १० साउन २०७९, १८ : ००
मङ्गलबार, १० साउन २०७९

ललितपुर एकान्तकुना सडक र नख्खु चोक चौबाटो  आजबाट एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते मंगलबारबाट लागू हुने गरि बिहान ८ बजे देखि साँझ ८ बजेसम्म सडकलाई एकतर्फी बनाइएको जानकारी दिएको छ । 

नख्खु पुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खु चोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको  छ।

बढ्दो सवारी चाप र हुनसक्ने सम्भावित दुर्घटना रोक्न यो सडक एकतर्फी बनाइएको महानगरले जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप