बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवागढी हाइड्रोपावरको आईपीओको समय थप, साउन ३१ गतेसम्म आवेदन दिन सकिने

मङ्गलबार, १० साउन २०७९, ११ : ५०
मङ्गलबार, १० साउन २०७९

रसुवागढी हाइड्रोपावरको आईपीओको आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय वासीलाई असार १३ गतेदेखि खुल्ला गरेको आईपीओमा माग गरे बमोजिम आवेदन नपरेपछि कम्पनीले आईपीओको समय पुनः थप गरेको हो । 

योसँगै अब लगानीकर्ताहरुले साउन ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् । 
यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ३ बृद्धम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन । यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप