शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भदौबाट ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने

मङ्गलबार, १० साउन २०७९, १० : २०
मङ्गलबार, १० साउन २०७९

सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्ध लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ । 

सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप